युनेस्को विश्व सम्पदा क्षेत्रमा पनि आक्रमण, इस्फाहानमा १५ जनाको मृत्यु

0



तेहरान — इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार भएको मिसाइल आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणका बेला कारखानाभित्र मजदुरहरू काम गरिरहेका थिए।

समाचार एजेन्सी ‘फार्स’का अनुसार हिटिङ तथा कुलिङ उपकरण उत्पादन गर्ने उक्त कारखानामा कार्यदिनकै समयमा आक्रमण गरिएको हो। इरानले यस घटनाका लागि अमेरिका र इजरायललाई जिम्मेवार ठहर गरेको छ।

गत फेब्रुअरी २८ देखि सुरु भएको अमेरिकी–इजरायली आक्रमण आज १५ औँ दिनमा प्रवेश गरेको छ। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कम्तीमा १,४४४ जनाको मृत्यु भइसकेको छ भने १८,५०० भन्दा बढी घाइते भएका छन्। युद्ध सुरु भएदेखि नै देशका विभिन्न सहरहरू निरन्तर निशानामा परिरहेका छन्।

यसबीच, युद्धको प्रभाव इरानका ऐतिहासिक तथा कूटनीतिक क्षेत्रसम्म पुगेको छ। मार्च ८ मा इस्फाहानस्थित रुसी दूतावासमा भएको बमबारीमा कर्मचारीहरू घाइते भएका थिए। रुसले उक्त घटनालाई अन्तर्राष्ट्रिय महासन्धिको ‘घोर उल्लंघन’ भन्दै कडा आपत्ति जनाएको थियो।

इरानी संस्कृति मन्त्रालयका अनुसार युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत तेहरानको ‘गोलेस्तान प्यालेस’ र १७ औँ शताब्दीको ‘नक्श–ए जहान स्क्वायर’सहित ५६ वटा संग्रहालय तथा ऐतिहासिक स्थलमा क्षति पुगेको छ। युनेस्कोले इरानका २९ विश्व सम्पदा सूचीमध्ये चारवटामा क्षति पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

यसैबीच, इरानी सेनाले इजरायली आक्रमणमा ब्रिगेडियर जनरल अब्दुल्लाह जलाली–नसब मारिएको पुष्टि गरेको छ। सेनाले उनलाई ‘देश रक्षाका क्रममा शहीद’ भएको जनाएको छ।

उता, अमेरिकी सेनाले इरानको ९० प्रतिशत कच्चा तेल निर्यात हुने खर्ग टापुमा पनि आक्रमण गरेको छ। यद्यपि, उक्त क्षेत्रमा कुनै मानवीय क्षति नभएको र तेल निर्यात कार्य सामान्य रूपमा सञ्चालन भइरहेको क्षेत्रीय अधिकारीहरूले बताएका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top