निर्वाचनको पूर्वसन्ध्यामा अस्पतालहरू ‘हाई अलर्ट’ मा, २४ घण्टा तयारीको निर्देशन

0


काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभरका अस्पतालहरूलाई ‘हाई अलर्ट’ अवस्थामा रहन निर्देशन दिएको छ। निर्वाचनका क्रममा हुन सक्ने सम्भावित तथा अनपेक्षित घटनाको प्रभावकारी व्यवस्थापनका लागि मन्त्रालयले विशेष तयारी अघि बढाएको हो।

मन्त्रालयका अनुसार प्रदेशका १३ वटै प्रादेशिक अस्पताल तथा सम्बन्धित स्वास्थ्य निकायलाई २४ घण्टा तयारी अवस्थामा रहन भनिएको छ। निर्वाचन केन्द्रीत मेडिकल टास्क फोर्स गठन गर्ने, आवश्यक जनशक्ति परिचालन गर्ने तथा औषधि, उपकरण र आपतकालीन सेवाको सुनिश्चितता गर्न निर्देशन दिइएको छ।

मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले निर्वाचनसँग सम्बन्धित कुनै पनि अनपेक्षित घटनाबाट घाइते हुने व्यक्तिहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराइने जानकारी दिइन्। उनका अनुसार निर्वाचन अवधिभर स्वास्थ्य सेवा प्रभावकारी, सुलभ र गुणस्तरीय रूपमा उपलब्ध गराइनेछ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै एम्बुलेन्स सेवा, आकस्मिक कक्ष (इमर्जेन्सी) तथा रगत आपूर्तिलगायतका सेवा पूर्ण तयारी अवस्थामा राख्न अस्पतालहरूलाई निर्देशन गरिएको छ।

निर्वाचनका क्रममा सबैको ध्यान राजनीतिक गतिविधिमा केन्द्रित हुने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखिएको मन्त्रालयको कदमलाई सरोकारवालाहरूले सकारात्मक रूपमा लिएका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top