राष्ट्रिय परिचयपत्रसँग स्वास्थ्य बीमा जोडियो, सेवा प्रवाह डिजिटल र सुरक्षित हुने

0



काठमाडौं — स्वास्थ्य बीमा सेवालाई प्रविधिमैत्री, छिटो र सुरक्षित बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ। दुवै निकायबीच भएको समझदारीअनुसार अब स्वास्थ्य बीमा प्रणालीलाई राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरसँग जोडिनेछ।

सम्झौता पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार स्वास्थ्य बीमा बोर्डले अब ‘राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली’ मार्फत विभिन्न विद्युतीय सेवाहरू प्रयोग गर्नेछ। यस सहकार्यले नागरिकको पहिचानलाई डिजिटल रूपमा प्रमाणीकरण गर्ने व्यवस्था स्थापना गर्नेछ।

राष्ट्रिय परिचय नम्बरलाई स्वास्थ्य बीमा प्रणालीसँग आबद्ध गर्दा सेवा थप सुरक्षित, छिटो र भरपर्दो हुने अपेक्षा गरिएको छ। नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमाको दर्ता तथा नवीकरण प्रक्रियामा हुने झन्झट घट्ने विश्वास लिइएको छ।

परिचयपत्रमा उपलब्ध विवरणकै आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउनेछन्। साथै, यसले तथ्यांक एकीकरणमा सहयोग पुर्‍याउनुका साथै एउटै व्यक्तिको दोहोरो दर्ता हुने समस्यालाई पनि नियन्त्रण गर्ने विश्वास गरिएको छ।

सरकारी सेवाहरूलाई एकीकृत गर्ने लक्ष्यअनुसार गरिएको यस पहलले स्वास्थ्य बीमा सेवाको प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ। बीमा बोर्डले यसअघि नै स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरिरहेको सन्दर्भमा भएको यो समझदारीले ‘डिजिटल नेपाल’ अभियानलाई समेत थप टेवा पुग्ने देखिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top