‘पाँच पाण्डव’बाट सागर लम्साल (बले) निष्कासित

0

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’माथि बलात्कारको आरोप लागेपछि उनलाई चलचित्र ‘पाँच पाण्डव’बाट हटाइएको छ। अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत आरोप लगाएसँगै निर्माण कम्पनी कालीरानी फिल्म्स प्रा.लि.ले उनलाई फिल्मबाट निष्कासन गर्ने निर्णय गरेको हो।

कम्पनीले चैत २० गते जारी गरेको प्रेस विज्ञप्तिमा नैतिक आधारमा लम्सालसँगको सम्झौता रद्द गरिएको उल्लेख छ। साथै, उनको ठाउँमा नयाँ कलाकार अनुबन्ध गरी पुनः छायांकन (रि–सुट) गरिने जनाइएको छ।

निर्माण पक्षका अनुसार चलचित्रको छायांकन गत चैत २ गतेदेखि झापा आसपास क्षेत्रमा भइरहेको थियो। लम्सालका करिब ९० प्रतिशत दृश्यहरू खिचिसकिएको अवस्थामा विवाद सार्वजनिक भएको हो। अब उनका सबै दृश्य हटाएर पुनः छायांकन गरिने स्पष्ट पारिएको छ।

चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठले कलाकार परिवर्तनका कारण ठूलो आर्थिक क्षति हुने भए पनि पीडितको न्यायभन्दा ठूलो कुनै विषय नभएको बताए। उनले आरोपको निष्पक्ष छानबिन हुनुपर्ने र पीडितले यथाशीघ्र न्याय पाउनुपर्नेमा जोड दिए।

विज्ञप्तिमा ‘गम्भीर प्रकृतिको अपराधमा आरोपित व्यक्तिलाई फिल्ममा राख्दा न्यायिक प्रक्रियामा असर पर्न सक्ने भएकाले यस्तो निर्णय गरिएको’ उल्लेख गरिएको छ।

बसन्त निरौलाको निर्देशनमा निर्माण भइरहेको ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, दीपाश्री निरौला, महेश त्रिपाठीलगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ। लम्सालको स्थानमा नयाँ कलाकार को हुने भन्ने विषयमा निर्माण पक्षले हालसम्म खुलाएको छैन।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top