मध्यपुर थिमि । विनायक शिक्षा निकेतनमा पूर्व प्रावि तह अध्ययन पूरा गरेका विद्यार्थीहरूका लागि चैत्र २६ गते बिहीबार एक विशेष दीक्षान्त समारोह आयोजना गरिएको छ । समारोहमा कुल ६० जना विद्यार्थीलाई दीक्षित गरिँदै प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिका वडा ६ की वडा सदस्य अरुणा कारणजीतले दीक्षित विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको थियो । विद्यालयकी प्रबन्धक शोभा प्रजापतिले स्वागत मन्तव्य राख्दै विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापप्रति प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा अभिभावकहरू महेश प्रजापति, सोनी मानन्दर र लिना प्रजापतिले पनि शुभकामना मन्तव्य व्यक्त गरेको थियो । संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालयले शैक्षिक ज्ञानसँगै संस्कार र सर्वाङ्गिण विकासमा जोड दिँदै आएको जानकारी दिए ।
पूर्व प्रावि तहका संयोजक पदमा श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यार्थीहरूले आफ्ना विभिन्न प्रतिभा प्रस्तुत गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
