विनायकमा स्क्र्याबल च्याम्पियनसिप सम्पन्न

0


भक्तपुर । विद्यार्थीहरूलाई विभिन्न ईसीए तथा सीसीएका माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विनायक शिक्षा निकेतन इङ्लिस स्कुल, मध्यपुर ठिमी भक्तपुरमा वैशाख २८ र २९ गते स्क्र्याबल च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ।

विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत अतिरिक्त क्रियाकलाप विभागको संयोजनमा आयोजित उक्त प्रतियोगितामा विद्यालयमा अध्ययनरत कक्षा ४ देखि ९ सम्मका करिब ९० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितालाई कक्षा ४–५, कक्षा ६–७ तथा कक्षा ८–९ गरी तीन समूहमा विभाजन गरिएको थियो।

विद्यार्थीहरूमा सृजनात्मकता, शब्दभण्डार तथा नवीन सोचको विकास गर्ने उद्देश्यले हरेक वर्ष आयोजना गरिने स्क्र्याबल च्याम्पियनसिपमा प्रत्येक समूहमा तीन चरणको खेल सञ्चालन गरिएको विद्यालयले जनाएको छ।

प्रतियोगिताको सिनियर समूहमा राष्ट्रिय स्तरमा पटक–पटक च्याम्पियन भई अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत चौथो स्थान हासिल गर्न सफल विद्यार्थी तुलज प्रजापति उत्कृष्ट खेलाडी घोषित भए। त्यसैगरी सागर दुलाल दोस्रो तथा सोमिया श्रेष्ठ तेस्रो उत्कृष्ट खेलाडी बन्न सफल भए।

प्रतियोगिताको अवसरमा विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीभित्र रहेको प्रतिभा तथा क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top