काठमाडौँ । वानीरा फाउन्डेसनको आयोजनामा शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०७औँ जन्मजयन्तीका अवसरमा राजधानी काठमाडौँमा विशेष समारोह सम्पन्न गरिएको छ ।
सो अवसरमा महासमालोचक प्रा. डा. वासुदेव त्रिपाठीले लेखक नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ नामक कृतिको लोकार्पण गर्नुभयो । उक्त कृति ४२ वर्षअघि नरेन्द्रराज प्रसाईले पूर्णप्रसाद ब्राह्मणसँग लिएको अन्तर्वार्तामा आधारित रहेको जनाइएको छ । ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ नइ एकेडेमीको १९३औँ कृतिका रूपमा प्रकाशित भएको हो ।
कार्यक्रममा कृतिमाथि महासमालोचक प्रा. डा. वासुदेव त्रिपाठी र प्रा. केशव सुवेदीले विस्तृत समीक्षा प्रस्तुत गर्नुभएको थियो ।
त्यसै अवसरमा प्रमुख अतिथि प्रा. डा. त्रिपाठीले पूर्णप्रसाद ब्राह्मण विषयमा विद्यावारिधि गरेका प्रा. डा. नुरापति पोखरेललाई सम्मान गर्नुभयो ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा कावेरी जोशी, दिनेश शर्मा, सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा. सत्यमोहन जोशीको व्यक्तित्व, योगदान तथा नवप्रकाशित कृतिका विषयमा मन्तव्य राख्नुभएको थियो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
