वर्षाको आवाज सुनेर ‘जाग्ने’ बीउ : एमआइटी वैज्ञानिकहरूको नयाँ खुलासा

0



काठमाडौं । माटोमुनि गाडिएका बीउहरूले वर्षाको आवाज सुन्न सक्छन् भन्ने कुरा सुन्दा अनौठो लाग्न सक्छ । तर अमेरिकी अनुसन्धान संस्था एमआइटी (MIT) का वैज्ञानिकहरूले गरेको नयाँ अध्ययनले बीउहरूले वर्षाबाट उत्पन्न हुने ध्वनि र कम्पन महसुस गर्न सक्ने तथ्य सार्वजनिक गरेको छ ।

अध्ययनअनुसार वर्षाको पहिलो थोपा सुख्खा माटोमा खस्दा उत्पन्न हुने ध्वनि तरंग र कम्पनले सुषुप्त अवस्थामा रहेका बीउलाई सक्रिय बनाउने काम गर्छ । वैज्ञानिकहरूका अनुसार यही संकेतले बीउलाई अब अंकुरणका लागि उपयुक्त वातावरण बनेको जानकारी दिन्छ ।

विशेषगरी धानका बीउमा गरिएको प्रयोगमा वर्षाको आवाज र थोपा झर्ने प्रभाव सिर्जना गर्दा ती बीउ सामान्य अवस्थाको तुलनामा ३० देखि ४० प्रतिशतसम्म छिटो अंकुरित भएको पाइएको छ । यसले वनस्पति केवल पानी र चिस्यानमा मात्र निर्भर नभई वातावरणीय संकेतप्रति पनि संवेदनशील हुने देखाएको छ ।

वैज्ञानिकहरूका अनुसार वर्षाका थोपा माटो वा पानीमा खस्दा ध्वनि तरंग उत्पन्न हुन्छन् । ती तरंगले माटोभित्र कम्पन सिर्जना गर्छन्, जसलाई बीउले महसुस गर्न सक्छन् ।

बीउभित्र रहेका ‘स्टाटोलिथ’ नामका सूक्ष्म स्टार्च कणहरूले यस्ता कम्पनलाई ग्रहण गर्ने वैज्ञानिकहरूको भनाइ छ । कम्पनका कारण यी कणहरू चलायमान हुँदा बीउले पर्याप्त पानी आउने सम्भावना रहेको संकेत पाउँछन् र अंकुरण प्रक्रिया सुरु गर्छन् ।

यो अध्ययनका क्रममा करिब ८ हजार प्रकारका धानका बीउमा परीक्षण गरिएको थियो । केही बीउलाई सामान्य आद्र वातावरणमा राखिएको थियो भने केहीमा कृत्रिम रूपमा वर्षाजस्तो ध्वनि र पानीका थोपा सिर्जना गरिएको थियो । परिणामस्वरूप वर्षाको ध्वनि सुनाइएका बीउ छिटो उम्रिएको पाइएको वैज्ञानिकहरूले बताएका छन् ।

शोधकर्ताहरूका अनुसार पानी र चिसो माटोभित्र ध्वनि तरंग अझ प्रभावकारी रूपमा फैलिने भएकाले बीउहरूले यस्ता संकेत सजिलै महसुस गर्न सक्छन् ।

यसअघि भएका अन्य अध्ययनहरूले पनि बिरुवाहरूले आवाज, स्पर्श र गन्धप्रति प्रतिक्रिया जनाउने तथ्य देखाइसकेका छन् । केही बिरुवाले कीराले पात चपाएको आवाज सुनेर तितो रसायन उत्पादन गर्ने, केही छोएपछि बन्द हुने तथा केहीले गन्धप्रति प्रतिक्रिया दिने अध्ययनहरूले देखाएका छन् ।

नयाँ अध्ययनले भने वर्षाको आवाजसमेत बिरुवाका लागि महत्वपूर्ण संकेत हुने पुष्टि गरेको छ । वैज्ञानिकहरूका अनुसार वर्षाको ‘तपतप’ आवाज केवल मानवका लागि रमाइलो अनुभूति मात्र नभई माटोभित्र रहेका बीउका लागि नयाँ जीवनको सन्देश पनि हो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top