कला संस्कृती र परमपराको भब्य उत्सव

0



काठमाडौं । नेपालको मौलिक कला, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित “नेपाल ह्यान्डिक्राफ्ट एक्स्पो कल्चरल शो २०२६” काठमाडौंको आम्रपाली ब्याङ्क्वेट मा सुरु भएको छ। नेपाल हस्तकला महासंघ को आयोजनामा जेठ ८ गतेदेखि प्रारम्भ भएको उक्त उत्सव तीन दिनसम्म सञ्चालन हुने जनाएको छ।

एक्स्पोमा देशभरका हस्तकला व्यवसायी, कलाकार तथा कालिगढहरूको उल्लेखनीय सहभागिता रहेको छ। कार्यक्रममा नेपालको मौलिक हस्तकला, परम्परागत कला–संस्कृति तथा स्थानीय उत्पादनहरूको आकर्षक प्रदर्शनी गरिएको आयोजकले जनाएको छ।

प्रदर्शनीमा ऊन, ढाका, काष्ठकला, धातुकला, थाङ्का तथा माटोका सामग्रीलगायत विभिन्न हस्तकलाका सामग्रीहरू प्रदर्शनमा राखिएका छन्। साथै, लोक सांस्कृतिक प्रस्तुति र नेपाली परिकारका स्टलहरूले दर्शकहरूको विशेष आकर्षण बढाएको छ।

आयोजकका अनुसार कार्यक्रमले नेपाली हस्तकलाको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन तथा विकासमा टेवा पुग्ने विश्वास लिइएको छ। विशेषगरी युवा पुस्तालाई मौलिक हस्तकला व्यवसायप्रति आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गरिएको महासंघले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top