विनायकद्वारा ४ जीपीए ल्याउने छात्रा कृषालाई रु १ लाखसहित सम्मान

0



भक्तपुर । एसईई २०८२ मा ४ जीपीए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्न सफल छात्रा कृषा प्रजापतिलाई विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले नगद रु १ लाख तथा प्रमाणपत्रसहित सम्मान गरेको छ।

विद्यालयले शुक्रबार आयोजित एसईई उत्तीर्ण विद्यार्थीहरूको बधाई तथा शुभकामना कार्यक्रममा उनलाई सम्मान गरेको हो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम प्रजापतिको सभापतित्व तथा भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा मध्यपुर ठिमी नगरपालिका–२ का वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, नगर शिक्षा शाखा प्रमुख सुनेश अधिकारी तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयले शिक्षा, खेलकुद तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको बताए। कार्यक्रममा वक्ताहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

प्लस टु संयोजक तुलसीहरि प्रजापतिले विद्यार्थीहरूलाई कक्षा ११ र १२ पनि विनायकमै अध्ययन गरी उत्कृष्ट नतिजासहित उज्ज्वल भविष्य निर्माण गर्न आग्रह गरे।

विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यालयले विसं २०५९ सालदेखि निरन्तर उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्दै आएको उल्लेख गर्दै त्यसका लागि शिक्षक, अभिभावक, विद्यार्थी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध रहने बताए।

कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरेका थिए।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top