श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार उक्त निर्णय सार्वजनिक गरेको हो। विभागका अनुसार ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश–२०७’ को आधारमा पञ्जिकाधिकारीमार्फत यसअघि दर्ता भई सञ्चालनमा रहेका युनियनहरू खारेज गरिएको हो।
खारेजीमा परेका युनियनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मंच, नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल रहेका छन्।
यसैगरी, नेपाल स्वास्थ्य सेवा ऐनअन्तर्गत दर्ता भएका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन पनि खारेज गरिएका छन्।
विभागका प्रवक्ता ई. मणिनाथ गोपले जारी गरेको सूचनामा उक्त निर्णयबारे सम्बन्धित सबै पक्षलाई जानकारी गराइसकिएको उल्लेख गरिएको छ।

.webp)


%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
