फिफा विश्वकप २०२६ अघि ३८ पाइरेटेड वेबसाइट र एप बन्द गरिने

0

काठमाडौं । सरकारले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा प्रत्यक्ष प्रसारण गर्न सक्ने ३८ वटा वेबसाइट तथा मोबाइल एपमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ। नेपालका लागि विश्वकप प्रसारणको आधिकारिक अधिकार प्राप्त कम्पनीको सिफारिसपछि सूचना तथा सञ्चार मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको हो।

नेपालमा फिफा विश्वकप २०२६ को विशेष प्रसारण अधिकार प्राप्त एस प्रो मिडिया प्रालिका अध्यक्ष सोम धितालले अनधिकृत रूपमा खेल प्रसारण गरिरहेका तथा गर्न सक्ने प्लेटफर्महरूलाई अवरुद्ध गर्न मन्त्रालयसमक्ष अनुरोध गरेका थिए। उक्त अनुरोधका आधारमा मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई आवश्यक कारबाहीका लागि पत्राचार गरेको जनाएको छ।

प्राधिकरणले इन्टरनेट तथा मोबाइल सेवा प्रदायकहरूसँग समन्वय गरी प्रतिलिपि अधिकार उल्लंघन गर्ने र गैरकानुनी रूपमा खेल प्रसारण गर्न सक्ने विभिन्न प्लेटफर्महरू पहिचान गरी बन्द गराउने प्रक्रिया सुरु गरेको छ।

प्राधिकरणका अनुसार सूचीमा तीनवटा मोबाइल एप तथा ३५ वटा वेबसाइट परेका छन्। प्रतिबन्धको सूचीमा Sportzfy, Cricfytv र Susmiplays लगायतका एपहरू रहेका छन् भने Smartcric, Webcric, CricHD, StreamEast, Ronaldo7, SoccerTVHD लगायतका वेबसाइटहरू पनि समावेश छन्।

सरकारले आधिकारिक प्रसारण अधिकारको संरक्षण तथा प्रतिलिपि अधिकार उल्लंघन नियन्त्रण गर्न यस्तो कदम चालिएको जनाएको छ। सम्बन्धित निकायहरूले दर्शकलाई विश्वकपका खेलहरू आधिकारिक प्रसारण माध्यममार्फत मात्र हेर्न आग्रह गरेका छन्।

यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा अनधिकृत स्ट्रिमिङ प्लेटफर्ममाथि निगरानी तथा नियन्त्रणका प्रयास हुँदै आएका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top