निर्देशक सम्राट बस्नेतले नयाँ चलचित्र ‘दुर्गा’ निर्माण घोषणा

0

काठमाडौं । निर्देशक सम्राट बस्नेतले नयाँ चलचित्र ‘दुर्गा’ निर्माण गर्ने घोषणा गरेका छन्। चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै उनले आफ्नो आगामी निर्देशन रहने यस परियोजनाबारे जानकारी दिएका हुन्।

सार्वजनिक गरिएको पोस्टरमा दुर्गा मन्दिरको मूलढोकाअघि एक युवती एक्लै उभिएको दृश्य देखाइएको छ। मन्दिरको प्रवेशद्वारमा त्रिशूल राखिएको छ भने रातो रङको प्रभावलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। चलचित्रको शीर्षक, पोस्टरमा प्रयोग गरिएका धार्मिक प्रतीक तथा दृश्य संयोजनले कथावस्तुमा मिथकीय र रहस्यमय पक्ष समेटिएको संकेत गरेको छ।

निर्माण पक्षले चलचित्रको मुख्य पात्र ‘दुर्गा’ हुने संकेत गरे पनि कथावस्तु र पात्रको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन। कलाकार तथा प्राविधिक टोलीबारे पनि हालसम्म औपचारिक घोषणा गरिएको छैन।

निर्देशक बस्नेतका अनुसार चलचित्रका केही कलाकार अडिसनमार्फत छनोट गरिनेछन्। “चाँडै नै चलचित्रका मुख्य कलाकारबारे जानकारी सार्वजनिक गर्नेछौं। केही कलाकार अडिसनबाट चयन गर्ने तयारीमा छौं,” उनले भने। उनका अनुसार चलचित्र मिथोलोजिकल (पौराणिक) विधामा निर्माण हुनेछ।

कुस्मण्डाग्लोबल रिल मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रको कथा निश्चल ढुंगानाले लेखेका हुन्।

चलचित्रको छायांकन करिब ९० दिनसम्म चल्ने निर्माण पक्षले जनाएको छ। काठमाडौं, पोखरा र चितवनलाई प्रमुख छायांकन स्थलका रूपमा तय गरिएको छ भने असोजको पहिलो सातादेखि छायांकन सुरु गर्ने तयारी गरिएको छ।

सम्राट बस्नेत निर्देशित पछिल्लो चलचित्र ‘लाखे’ केही समयअघि युट्युबमार्फत सार्वजनिक गरिएको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top