राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला

0


काठमाडौं ।
नेपाली भाषा, साहित्य तथा सिर्जनशील लेखनको प्रवर्द्धन गर्दै उत्कृष्ट स्रष्टाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना हुन लागेको राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला गरिएको छ।

अवार्ड आयोजक रेस्पोन्सिभ मिडिया प्रालिले गुरु पूर्णिमाको अवसर पारेर आवेदन फारम सार्वजनिक गरेको जनाएको छ। आयोजक संस्थाले देश तथा विदेशमा रहेका नेपाली साहित्यकार, लेखक, कवि, समालोचक, अनुवादक तथा साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई आवेदन दिन आह्वान गरेको छ।

आयोजक समितिका अध्यक्ष मनोज थापाका अनुसार अवार्डअन्तर्गत सर्वोत्कृष्ट कविता, महाकाव्य, खण्डकाव्य, गीत, गजल, मुक्तक, हाइकु, उपन्यास, कथा, लघुकथा, नाटक, निबन्ध, नियात्रा, संस्मरण, आत्मकथा/जीवनी, बालसाहित्य, अनुवाद, अनुसन्धान, मातृभाषा साहित्य तथा डायस्पोरा साहित्य गरी २० विधामा सम्मान प्रदान गरिनेछ।

अध्यक्ष थापाले राष्ट्रिय नेपाली साहित्य अवार्डले नेपाली साहित्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

इच्छुक साहित्यकार तथा स्रष्टाहरूले आयोजकले उपलब्ध गराएको आवेदन फारम भरेर आवश्यक विवरण र कागजातसहित आवेदन पेश गर्न सक्नेछन्। आवेदनसम्बन्धी थप जानकारीका लागि ९८५११९४२३९ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार अवार्डको अन्तिम समारोह तथा विजेता घोषणा वसन्त पञ्चमीको अवसरमा गरिनेछ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top