मध्यपुर थिमि । गुरु पूर्णिमाको अवसरमा विनायक शिक्षा निकेतन मा गुरु पूजा तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै व्यावहारिक, नैतिक तथा संस्कारयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा पूर्वप्राथमिक, प्राथमिक तथा माध्यमिक तहका विद्यार्थीहरूको छुट्टाछुट्टै सहभागिता रहेको विद्यालयले जनाएको छ।
विद्यालयका स्कुल क्याप्टेन आरुस श्रेष्ठ तथा विभिन्न कक्षाका कक्षा प्रतिनिधिहरू (प्रेसिडेन्ट) को संयोजनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले कविता वाचन, गीत, वाद्यवादन तथा नृत्य प्रस्तुत गर्दै आफ्ना सिर्जनात्मक प्रतिभा प्रदर्शन गरेका थिए। साथै, उनीहरूले गुरुजनप्रति सम्मान व्यक्त गर्दै शिक्षक–शिक्षिकालाई मायाको चिनो समेत प्रदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण विद्यार्थीलाई शुभकामना व्यक्त गर्नुभयो। उहाँले गुरु र शिष्यबीचको सम्बन्धलाई अझ प्रगाढ र सम्मानपूर्ण बनाउँदै अघि बढ्न सके प्रत्येक विद्यार्थीले सफल, अनुशासित तथा सार्थक जीवन निर्माण गर्न सक्ने धारणा व्यक्त गर्नुभयो।
विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीमा गुरुजनप्रतिको सम्मान, अनुशासन, संस्कार र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
