२०८३ साल साउन २२ गते सम्पन्न सम्झौताअनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले प्रत्येक आइतबार वान डे क्रिकेट एकेडेमीमा इन्डोर तथा आउटडोर क्रिकेट प्रशिक्षण लिनेछन्। प्रशिक्षणका क्रममा आवश्यक सम्पूर्ण खेल सामग्री एकेडेमीले उपलब्ध गराउने व्यवस्था गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार उक्त कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा क्रिकेटप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै उनीहरूलाई व्यवस्थित र गुणस्तरीय प्रशिक्षणमार्फत दक्ष खेलाडीका रूपमा विकास गर्नु हो।
सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएपछि आयोजित कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विश्वभर लोकप्रिय बन्दै गएको क्रिकेट खेलमा नेपाली विद्यार्थीहरूको सहभागिता र क्षमता अभिवृद्धि गर्न विद्यालयले विशेष पहल गरेको बताउनुभयो। उहाँले यस्ता प्रशिक्षण कार्यक्रमले विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट क्रिकेट खेलाडीका रूपमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै व्यावसायिक खेलकुद क्षेत्रमा सफल भविष्य निर्माणका लागि शुभकामना दिए।
विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि शैक्षिक गतिविधिसँगै खेलकुद, सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलापलाई निरन्तर प्राथमिकता दिँदै जाने जनाएको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
